सबैभन्दा कान्छा ३७ बर्षका ह्यारिस भए आयरल्याण्डको प्रधानमन्त्री


२८ चैत्र २०८०, बुधबार
Simon Harris

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामा पछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन ।

केही स्वतन्त्र सांसदका साथै उनका गठबन्धन साझेदारहरू फियाना फेल र ग्रीन पार्टीबाट समर्थन प्राप्त गरेपछि ह्यारिसले ८८ मत प्राप्त गर्दै प्रधानमन्त्रीमा चयन भएका हुन । उनको बिपक्षमा ६९ जना मात्रै उभिए पछि उनी समर्थक संसद सदस्यहरू हर्षोल्लासमा उत्रिएका थिए ।

३७ वर्षीय पूर्व स्वास्थ्य र उच्च शिक्षा मन्त्री मुख्यतः कोविड महामारीमा आयरल्याण्डको प्रारम्भिक प्रतिक्रियालाई सहयोग पुर्‍याउन मद्दत गर्नका लागि परिचित र लोकप्रिय रहेका छन् । गत महिना वराडकरको राजीनामा पछि फाइन गेल पार्टीको नयाँ नेताको रूपमा निर्विरोध निर्वाचित भएका थिए ।

‘म प्रधानमन्त्रीको रूपमा सेवा गर्न यो नामांकन स्वीकार गर्दछु,’ ह्यारिसले भने, ‘तपाईहरूले ममाथि राखेको विश्वासको सम्मान गर्न म सक्दो प्रतिबद्ध छु,’ प्रधानमन्त्री निर्वाचित भए पछि उनले भने । आफ्नो उम्मेदवारीलाई समर्थन गर्ने आफ्नो नयाँ सरकारको गठबन्धन साझेदारहरूलाई स्वीकार गर्दै ह्यारिसले भने कि उनी एकता र सहयोग र पारस्परिक सम्मानको भावनामा नेतृत्व गर्न चाहन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७