अब नेपाल प्रहरीमा अब ५ जना मात्रै एआईजी


२४ जेष्ठ २०७५, बिहीबार
Griha Mantralaya Home Ministry

काठमाडौं, २४ जेठ :  नेपाल प्रहरीमा अब ५ जना मात्रै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहने भएका छन् । बिहीवार गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा प्राविधिकसहित ५ जना एआईजीको दरबन्दी रहने निर्णय गरेको हो ।

Griha Mantralaya Home Ministry

प्रहरीमा ५ एआईजी मात्र राख्ने गरी तयार पारिएको मस्यौदामा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हस्ताक्षर गरे । अब  यो मस्यौदालाई निर्णयका लागि गृहले मन्त्री परिषदमा लानेछ ।

यसअघि प्राविधिकसहित प्रहरीमा १७ जनासम्म एआईजी पुगेको थियो । दलीय भागवण्डा मिलाउने नाममा प्रहरीमा एआईजीको दरबन्दी थप्ने तथा घटाउने क्रम चलिरहेको थियो । अब भने संघीय प्रहरी ऐनमै प्राविधिकसहित ५ जना एआईजीको दरबन्दी रहने व्यवस्था गरिने छ ।

प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) सर्वेन्द्र खनालको बढुवासँगै रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि १० जना डिआईजी मुख्य प्रत्यासीका रुपमा छन्। सरकारको निर्णयप्रति असन्तुष्ट डिआइजी रमेशप्रसाद खरेलले राजीनामा दिएका छन्। यसैगरी भोगबहादुर थापा, पुष्कलराज रेग्मी र पुष्पचन्द्र रञ्जितको अनिबार्य अवकास पाएका छन्।

अब यो सँगै प्रत्यासी संख्या १० मा झरेको हो। १० मध्ये ५ जना २९ माघ २०४६ र २०४५ असार ३० मा भर्ना भएका ५ डिआईजी छन् ।डिआईजीहरु पुष्कर कार्की, मनोज नेउपाने, ठुले राई, धिरु बस्नेत र सुरेशविक्रम शाह १० माघ २०४६ मा प्रहरी सेवामा प्रवेश गरेका हुन्। यस्तै ३० असार २०४५ मा सेवा प्रवेश गरेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्द समेत नियमावली योग्यताका आधारमा अतिरिक्त महानिरीक्षक बढुवाका दावेदार हुन्।

यसैगरी तत्काल दरबन्दी मिलानका लागि ३ जना एआईजी रहने भएको छ । तर, पछि २ जनामा सीतित राख्ने निर्णय भएको गृह मन्त्रालय जानकारी दियो। हाल सशस्त्र प्रहरीमा ८ जना बहालवाला एआर्इजी छन् । एक समय ११ जनासम्म पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७