पूर्व राजदूत अञ्जान शाक्यलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस


३० चैत्र २०८०, शुक्रबार
anjan

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नका लागि सिफारिस गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पूर्व राजदूत अञ्जान शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् । शाक्य इजरायलका लागि नेपाली राजदूत भएकी थिइन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई राजदूत नियुक्त गरेको थियो । ओलीपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले शाक्यलाई राजदूतबाट फिर्ता बोलाएको थियो ।

उनी एमाले विदेश विभाग सदस्य समेत हुन् । यसअघि कांग्रेस नेतृत्वको गठबन्धन सरकार रहँदा राष्ट्रपतिबाट मनोनीत सदस्यको कोटामा जनमोर्चाकी दुर्गा पौडेलका लागि भाग छुट्याइएको थियो । गठबन्धन फेरिएसँगै अञ्जानले बाजी मारेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७