इलाम–२ को मतगणना दुई स्थानमा : सुरक्षा व्यवस्था कडा, सर्वदलीय बैठक शुरु


१६ बैशाख २०८१, आईतवार
sarba

इलाम । इलामको निर्वाचन क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको मत गणनाका लागि सर्वदलीय बैठक शुरु भएको छ । यसका लागि अहिले सर्वदलीय बैठक राखिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ‘सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकमा बोलाएका छौँ’, प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘बैठक सकिएलत्तै हामी मतगणना सुरु गर्छौ ।’

मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ । हलका दुई स्थानमा मत गणना हुनेछ । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणनास्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ ।

सर्वदलीय बैठक पनि मतगणनास्थलमै आयोजना गरिएको प्रमुख जिल्ला अधिकारीले यादवले जानकारी दिएका छन् । इलाम–२ मा शनिबार भएको मतदानमा १ लाख १५ हजार ८८९ मतदातामध्ये ६६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७