न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित


१६ बैशाख २०८१, आईतवार
eya

काठमाडौँ । अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यू इङल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए । त्यस्तै लुइस स्वरेज र बेन्जामिन क्रिमासचीले एक एक गोल गरेका थिए ।

यो जितपछि एमएलएसको इस्टर्न कन्फेरेन्समा इन्टर मियामी ११ खेलमा २१ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी न्यू इङल्याण्डको भने ९ खेलमा केवल ४ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७