हमासद्वारा दुई इजयराइली बन्धकको भिडिओ सार्वजनिक


१६ बैशाख २०८१, आईतवार
Hamas aEAglULG0G

काठमाडौं । हमास समूहले गत वर्षको ७ अक्टोबरमा इजरायलमा आक्रमण गरी बन्धक बनाएका अर्का एक व्यक्तिको भिडिओ जारी गरेको छ ।

हमासले बन्धक बनाएकाहरु जारी युद्धको क्रममा हताहत भइसकेको आशंकाका बीच हमासले बन्धकको भिडिओ सार्वजनिक गरेको हो। हमासको नियन्त्रणमा रहेका इजरायली नागरिक ओमरी मिरानले आफू २ सय २ दिनदेखि हमासको नियन्त्रणमा रहेको भिडिओमा बताएका छन् ।

हमासले मिरानसँगै अर्का बन्धक कीथ सिगलको भिडिओ सार्वजनिक गरेको छ । उनीहरुको भिडिओ सार्वजनिक भएसँगै परिवारका सदस्यले हमाससँग सम्झौता गरेर बन्धकको रिहाई गर्न सरकारसँग अपिल गरेका छन् । युद्धविरामका लागि पुनः रुचि देखाएको हमासले दुई बन्धकको भिडिओ सार्वजनिक गर्दै बन्धकहरु सुरक्षित रहेको पुष्टि गरेको हो । ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरी २ सय ५० भन्दा बढीलाई अपहरण गरेको थियो । उक्त आक्रमणमा १२ सय मानिसको मृत्यु भएको थियो ।

त्यसको जवाफमा इजरायलले जारी राखेको आक्रमणमा गाजामा ३४ हजार बढीको मृत्यु भइसकेको छ । यसैबीच गाजामा इजरायली आक्रमण रोक्न माग गर्दै अमेरिकामा सुरु भएको प्रदर्शन प्रहरीको दमनका बीच थप चर्किएको छ । कोलम्बिया विश्विद्यालयबाट विद्यार्थीले सुरु गरेको प्रदर्शन अहिले विभिन्न विश्वविद्यालय तथा कलेजमा चर्किएको हो। प्रदर्शनमा सहभागी ५ सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७