जापानी परराष्ट्रमन्त्री खामिखावा नेपाल भ्रमणमा आउँदै, यस्तो छ कार्यतालिका


१६ बैशाख २०८१, आईतवार
japanies minister khamikhawa

काठमाडौं । जापानकी परराष्ट्रमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएकी छिन् । जापानको विदेश मन्त्रालयले अप्रिल २६ तारिख एक सूचना जारी गर्दै खामिखावाले आगामी मे ५ तारिख अर्थात वैशाख २३ नेपाल भ्रमणा गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

अप्रिल २६ बाट विदेश भ्रमणामा निस्किएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ मा श्रीलङ्काको राजधानी कोलम्बो पुग्ने कार्यतालिका रहेको छ । श्रीलङ्काको बसाइपछि उनी ५ मे मा नेपाल आइपुग्ने छिन् । काठमाडौं रहँदा उनले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ ।

भेटका क्रममा नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको र नेपालको विकासका विषयमा कुराकानी हुने बताइएको छ । साथै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ । परराष्ट्रमन्त्रीसँगको भेटवार्तालगत्तै परराष्ट्रमन्त्री खामिखावा सोही दिन नेपालको राजधानी काठमाडौंबाट टोकियो फर्कने विदेश मन्त्रालयले जनाएको छ । सन् २००० मा तत्कालनी जापानी प्रधानमन्त्री योसिरो मोरीको भ्रमण पछि यो दोस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७