नेपाललाई वेष्ट इण्डिज ‘ए’ ले दियो १६१ रनको लक्ष्य


१६ बैशाख २०८१, आईतवार
lk

काठमाडौँ । वेष्ट इण्डिज ‘ए’ ले नेपाल सामू जितका लाग १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६० रन बनायो । उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए ।

उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए । नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई-दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए । जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

आजको खेलमा नेपालका प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, सागर ढकाल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द र लोकेश बम छन् । साथै वेष्ट इण्डिज ‘ए’को प्लेइङ ११ मा कप्तान रोस्टन चेज, एलिक अथान्जे, केसी कार्टी, जोनसन चाल्र्स, आन्द्रे फेलचर, म्याथ्यु फर्ड, ओबेद, म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७