बझाङमा एमालेका भण्डारीलाई शुरुवाती अग्रता


१६ बैशाख २०८१, आईतवार
bajhang candidate 1

बझाङ । बझाङमा प्रदेश सभा १ (क) मा हिजो भएको उपचुनावको मत गणना जारी छ । छविसपाथिभेरा–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मत गणनामा नेकपा (एमाले) का दमनबहादुर भण्डारीले १५७ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १३२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ५१, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गरेका छन् । अहिले मतगणना चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७