२५ वर्षीया छोरीले गरिन् आमाको हत्या


१६ बैशाख २०८१, आईतवार
pakrau
सांकेतिक तस्विर

जुम्ला । जुम्लामा आमाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन् । पातारासी गाउँपालिका–३ छुमकी ५५ वर्षीया सुवा महतराको हत्या आरोपमा छोरी पक्राउ परेकी हुन् । शनिवार पातारासी गाउँपालिका–१ गडिगाउँ घर भई माइतीघर आएकी २५ वर्षीया हाँसु ऐडीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए ।

छोरीले मुसलले आमाको टाउकोमा हान्दा मृत्यु भएको उपरीक्षक कामतीले बताए । उनले भने, ‘छोरीको मानसिक सन्तुलन ठिक नभएको हुँदा घटना घटेको हुन् सक्छ । उनलाई पक्राउ गरेका छौँ । स्वास्थ्य जाँच गरेर मानसिक अवस्था के कस्तो छ ? डाक्टरको रिपोर्ट अनुसार कारबाही गर्छौँ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७