इलाम–२ मा सुहाङले लिए अग्रता, पछि परे डम्बर


१६ बैशाख २०८१, आईतवार
suhang ilam pic 2

इलाम । इलाम–२ को मतगणना जारी रहँदा फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

१,२ र ३ नम्बरमा कांग्रेसका डम्बरले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढेका हुन् । वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २५४२ मत पाएको छ भने कांग्रेसको २१९७ मत छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाएका छन् ।

वडा नम्बर ४ को गणना सकिदा सुहाङले तीन वटा वडाको २८ मत तिरेर ३४५ ले अग्रता लिएका हुन् ।४२ मध्ये ४ वटा वडाको मतगणना सम्पन्न भएको छ । फाकफोकथुम १,२,३,४ जम्मा वडा को ५ हजार ७७८ मत गणना भएको हो । अहिले फाकफोकथुमनको वडा नम्बर ५ को मतगणना जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७