बझाङ–१ मा कांग्रेस र एमालेबीच कडा टक्कर, दमनभन्दा अभिषेक २३१ मतले अघि


१७ बैशाख २०८१, सोमबार
bajhang chunab

बझाङ । ६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर हुने देखिएको छ । पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार २,०८४ मतले अगाडि रहेका छन् । सोमबार बिहानदेखि सिंहले अग्रता लिएका हुन् ।

केही बेरअघि आएको अपडेटअनुसार सिंहले ८,९७७ मत प्राप्त गरेका छन् । आइतबार मध्यरातसम्म अग्रता कायम गरेका एमालेका दमनबहादुर भण्डारी भने झिनो अन्तरले पछि परेका छन् । उनले ८,६९३ मत प्राप्त गरेका छन् । यस्तै माओवादीका जनक बुढाले ३,५०९ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३,०९२ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहका अनुसार सोमबार दिउँसोसम्म अन्तिम मत परिणाम सार्वजनिक हुन सक्ने अनुमान छ । शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए । २०४८ पछि यो क्षेत्रमा कांग्रेसका उम्मेदवारले तीनपल्ट र एमालेका उम्मेदवारले चार पटक जितेका थिए ।

up

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७