‘स्टिङ अपरेशन’ को सत्य–तथ्य बाहिर ल्याउनु पर्छ : जनार्दन शर्मा


१८ बैशाख २०८१, मंगलवार
janardhan sharma

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले ‘स्टिङ अपरेशन’ को सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै शर्माले छानबिन विना नै कुनै संस्था या ब्यक्तिको मानमर्दन गर्नु नहुने बताएका हुन् ।

उनले भनेका छन्– सिधा कुरा डटकम अनलाइनमा प्रसशरणमा आएका ‘डार्क फाइल’ समाचारले निकै चर्चा पायो । यस्ता खालका स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ । छानबिन विना नै कुनै संस्था /ब्यक्तिको मानमर्दन गर्नु हुँदैन । यस बिषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७