पूर्वमन्त्री श्रीर्पालीकी छोरी संगीतको पोर्चुगलमा निधन


१९ बैशाख २०८१, बुधबार
sanggita

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीर्पालीलाई पुत्री शोक परेको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पूर्वमन्त्री श्रीर्पालीका माइली छोरी संगीता श्रीर्पालीको मङ्गलबार निधन भएको हो ।

दुई वर्षदेखि पोर्चुगलको राजधानीस्थित एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । आन्द्रा त्यसपछि फोक्सो क्यान्सरबाट ग्रसित संगीताको उपचारको क्रममा २९ वर्षको अल्पायुमै दुःखद निधन भएको वाइसिएल नेपालका केन्द्र अध्यक्ष समेत रहेका संगीताका दाजु सुबोधराज श्रीर्पालीले जानकारी दिएका छन् । श्रीर्पालीले भने, ‘ज्वाइँले प्रदेशी भूमिमा उपचारमा कुनै कुरा बाँकी राख्नु भएन । तर सबै कोशिस काम लागेन ।’ स्व. संगीताका श्रीमान र चार वर्षीय एक छोरा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७