उपनिर्वाचनको समीक्षा गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, सचिवालय पनि बस्दै


१९ बैशाख २०८१, बुधबार
rabi 4
फाइल फोटो

काठमाडौं । भर्खरै सकिएको उपनिर्वाचनमा जमानत जफत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख २९ गते बस्ने महासचिव डा. मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा लगायतका लागि केन्द्रीय समितिको बैठक आह्वान भएको हो । ‘कार्यसूची तय गर्न बाँकी छ । समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षाका लागि बैठक बस्न लागेको हो,’ उनले भने ।

यस्तै केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न रास्वपाले सचिवालय बैठक पनि बोलाएको छ । रास्वपाको सचिवालय बैठक आगामी शुक्रबार बस्नेछ । त्यस्तै संसदीय दलको बैठक वैशाख २४ गते बस्ने महामन्त्री ढकालले जानकारी दिए । सबै बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७