राष्ट्र संघीय सहायक महासचिव र इन्डोनेसियाली प्रहरी प्रमुख काठमाडौंमा


१९ बैशाख २०८१, बुधबार
in 2

काठमाडौं । इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ति पाँच दिने भ्रमणका शिलशिलामा मंगलबार नेपाल आएका छन् ।

६ सदस्यीय टोलीको नेतृत्व गरी आएका आइजीपी कृष्ण मुर्ति समेतको टोलीलाई प्रहरी नायव महानिरीक्षक जनक भट्टराई लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरेका थिए ।

भ्रमणको क्रममा आइजीपी कृष्ण मुर्तिसहितको टोली नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनलगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । विशेषत उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत हुनेछन् ।

यस्तै संयुक्त राष्ट्र संघका सहायक महासचिव मार्कोस नेटो काठमाडौं आएका छन् । नेटो कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा मध्यराती साढे १२ बजे दोहा हुँदै आएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७