जोनसनको शतकमा वेष्ट इण्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको विशाल लक्ष्य


१९ बैशाख २०८१, बुधबार
West India A VuKooSWWyf

काठमाडौँ । पाहुना टोली वेष्ट इण्डिज ‘ए’ ले नेपालविरुद्धको पाँच खेलको टी–ट्वान्टी श्रृंखलाको तेस्रो खेलमा नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेष्ट इण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनायो । वेष्ट इण्डिज ‘ए’ का लागि जोनसन चार्ल्सले ११९ रन बनाए । उनले बलको ६१ सामना गर्दा १३ चौका र ७ छक्का हिर्काए ।

आन्द्रे प्लेचरले ५३ रन तथा एलिस अथानेजले १७ रन जोडे । फावियन एलेनले १९ रन बनाए । नेपालका लागि करण केसी र सागर ढकालले एक–एक विकेट हात पारे । यसअघि पहिलो खेल नेपालले जित्दा दोस्रो खेल भने वेष्ट इण्डिज ‘ए’ ले आफ्नो पक्षमा पारेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७