जसपा अध्यक्ष यादव प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटारमा

उपेन्द्रले बोलाए आफ्ना सांसदको बैठक


२५ बैशाख २०८१, मंगलवार
upendra Yadav
फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनी अहिले बालुवाटार पुगेका हुन् । उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उनी नेतृत्वको जसपा आइतबार फुटेको थियो । भ्रमण टुङ्ग्याएर गए राति मात्र स्वदेश आइपुगेका यादवले प्रधानमन्त्रीसँग नयाँ परिस्थितिको विषयमा छलफल गर्ने बताइएको छ ।

उपेन्द्रले बोलाए आफ्ना सांसदको बैठक
अमेरिकाबाट फर्किएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्ना सांसदहरुलाई छलफलका लागि बोलाएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री समेत रहेका यावले पार्टी विभाजन हुँदा आफ्नो साथमा रहेका चार सांसदलाई छफललका लागि बोलाएका हुन् ।

जसपाका सांसद प्रकाश अधिकारीले अध्यक्ष यादवले आज छलफलका लागि आफूहरुलाई बोलाएको जानकारी दिएका छन् । ‘अध्यक्षले छलफलका लागि बोलाउनु भएको छ,’ उनले भने, ‘उहाँसँग आजै हाम्रो छलफल हुन्छ । तर, कति बजे बैठक बस्ने भन्नेबारे यकिन भइसकेको छैन ।’ जसपाका प्रवक्ता मनिष सुमनले भने आज बैठक बस्ने नबस्ने यकिन नभएको बताए । यादव अमेरिका भ्रमणमा रहेकै बेला आइतबार जसपाका १२ मध्ये सात सांसदले उनको साथ छाडेका छन् ।

विभाजनपछि गठन भएको जनता समाजवादी पार्टीको नेतृत्व अशोक राईले गरेका छन् । उनको पक्षमा सात जना सांसद छन् । जसपा विभजन हुँदा अशोककुमार राई, नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादवले उपेन्द्रलाई छाडेका छन् । अब उपेन्द्रको पक्षमा जसपाका दीपक कार्की, प्रकाश अधिकारी, राजकिशोर यादव र रेखा यादव मात्रै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७