छिमेकीको सेप्टिक ट्यांकीमा खसेर डेढ वर्षका बालकको मृत्यु


२५ बैशाख २०८१, मंगलवार
death child OyjRIJ881M
सांकेतिक तस्वीर

कञ्चनपुर । कञ्चनपुरमा छिमेकीको सेप्टिक ट्यांकीमा खसेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कृष्णपुर नगरपालिका–३ चित्रपुरका शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको हो ।

सोही ठाउँका रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुला राखेको सेप्टिक ट्यांकीमा उनी खसेका थिए । अचेत भेटिएका उनलाई उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल धनगढी लागिएको थियो । त्यहाँ जाँच गर्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७