अछाममा घरभित्रै चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु


२५ बैशाख २०८१, मंगलवार
chatyang

अछाम । अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ । गए राति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका–७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७