बालुवाटार पुगेका उपेन्द्रलाई प्रचण्डले भने–फुट राम्रो होइन, मिलेर अघि बढ्नुस्

उपेन्द्र यादवले भने–सरकारलाई दिएको समर्थन यथावत छ


२५ बैशाख २०८१, मंगलवार
prachanda upendr.jpg 3

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । गए राति स्वदेश फर्किएका यादव आज (मंगलबार) बिहान बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

भेटमा समसामायीक विषमयमा छलफल भएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादव पार्टी विभाजनपछि सरकारमा सहभागी हुने या नहुनेबारे परामर्शमा छन् । त्यसमा प्रधानमन्त्रीले कुनै पनि दल फुट्नु राम्रो नहुने बताएका छन् । उनले फुट्नु राम्रो नभएको भन्दै मिलेर जान आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

यादव अमेरिकामै रहेको बेला उनको दल जसपा विभाजन भएको छ । १२ सांसद रहेको जसपाका ७ जनाले यादवको साथ छाडेर नयाँ दल गठन गरेका छन् । अध्यक्ष यादवले पार्टी कार्यालय बालकुमारीमा सदीय दलको बैठक बोलाएका छन् ।

उपेन्द्र यादवले भने–सरकारलाई दिएको समर्थन यथावत छ
अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री दाहालसँग उपप्रधानमन्त्रीको हिसाबमा भेटघाट गरेको बताएका छन् । ‘उपप्रधानमन्त्रीले आफ्नो प्रधानमन्त्रीलाई भेटेको भन्ने हिसाबले बुझ्नुस् न, सार्वजनिक गरिहाल्नु पर्ने त्यस्तो केही कुरा भएको छैन’, उनले भने ।

पछिल्लो राजनीतिक घट्नाक्रमबारे आफूहरूले समीक्षा गरिरहेको यादवले बताए । पार्टी स्रोतका अनुसार अध्यक्ष यादवले दाहालसँगको भेटमा पार्टीको तर्फबाट सरकारलाई दिइएको समर्थन कायमै रहेको जानकारी दिएका छन्। यस विषयमा राखेको जिज्ञासामा यादवले भने, ‘हामीले कहाँ सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ र ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७