हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु


२५ बैशाख २०८१, मंगलवार
hamas attack

काठमाडौँ । इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली सेनाले रफाहमा हमासविरुद्ध लक्षित आक्रमण गरिरहेको बताएको छ । रफाहमा बसोबास गर्ने ठूलो संख्यामा शरणार्थीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरहरूमा जान भनिएको छ । इजरायलले खान युनिस नजिकै रहेको शिविरबाट एक लाख मानिसलाई बाहिर निकाल्न आदेश दिएको छ ।

एकातिर रफाहमाथि हमला भइरहेको छ भने अर्कोतर्फ इजरायलले हमासको युद्धविराम सम्झौतालाई स्वीकार गर्न अस्वीकार गर्दै सम्झौताबारे थप वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको बताएको छ । इजरायलले हमासले गरेको सम्झौता इजरायलको मागभन्दा धेरै टाढा रहेको बताएको छ ।

अर्कोतर्फ हमासले स्वीकार गर्ने प्रस्ताव इजिप्ट र कतारले मध्यस्थता गरेको थियो । यद्यपी यस युद्धविराम प्रस्तावका सर्त र शर्तहरूबारे कुनै जानकारी आएको छैन । यो सम्झौतामा इजरायली बन्दीहरुको रिहाईको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्ने प्रस्ताव आउने सम्भावना रहेको विश्वास गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७