सहकारी प्रकरण छानबिन गर्न तयार छौं, तर व्यक्ति केन्द्रित समिति बन्दैन : रास्वपा


२५ बैशाख २०८१, मंगलवार
rasopa sadsadiya

कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा आगामी बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल भएको छ । आज (मंगलबार) सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा आगामी वर्षे अधिवेशन र बजेटबारे कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको सांसद मनिष झाले जानकारी दिए ।

छलफलमा आगामी बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट सरकारमा पाएको मन्त्रालयको बारेमा कठोर रूपमा प्रस्तुत हुने बारेमा छलफल भएको उनको भनाइ छ । ‘बजेट अधिवशेनको तयारीको क्रममा छलफल गरेका छौँ । वर्तमान वस्तुस्थिति र राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ,’ झाले भने, ’सभापति ज्यूले अपडेट गराउनु भएको छ । मन्त्री ज्यूहरूले पनि अनुभव सुनाउनु भएको छ ।’

राजनीतिक कठोरता, निर्ममता र सबै रूपमा मन्त्रालयहरूलाई सत्ता पक्ष मात्र नभइ जनप्रतिनिधिको रूपमा हेर्ने गरी अघि बढ्ने बारेमा छलफल भएको झाले जानकारी दिए । बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरूले विभिन्न साझेदारहरूसँग छलफल गर्न आवश्यक रहेको बारेमा पनि छलफल भएको उनको भनाइ छ ।

साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजीवी, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको झाले जानकारी दिएका छन् । ‘बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरूले विभिन्न साझेदारहरूसँग छलफल गर्न आवश्यक छ । मिडिया, साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजीवि, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको छ,’ झाले भने ।

गत वर्षको बजेट अधिवेशनमा आफ्नो राजनीतिक दलको प्रस्तुतिलाई हेरेर कमजोरी भए सुधार गर्ने र अघि बढ्ने बारेमा छलफल भएको झाको भनाइ छ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको उनले जानकारी दिए । रास्वपाले पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन गर्न कांग्रेसले उठाएको संसदीय छानविन समितिको आवश्यकता नै नभएको निष्कर्ष निकालेको छ ।

आज बसेको संसदीय दलको बैठकले समग्र सहकारीको समस्या समाधान गर्न तयार भए पनि व्यक्तिकेन्द्रित गरेर कांग्रेसले गरेको माग अस्वीकार गर्ने निर्णय गरेको हो । संसदीय छानविन समितिको माग आफूहरुको नभएकाले त्यसबारेमा थप छलफल नभएको सांसद मनिष झाले बताए । उनले भने, त्यसबारे अहिले सभामुखले बैठक राख्दै हुनुहुन्छ त्यहाँ छलफल होला । आवश्यक छैन भन्ने पार्टी निष्कर्ष हो । हामी पूरै समस्याको समाधान गर्नेगरी जाऔैं भनिरहेका छौं, व्यक्ति केन्द्रित गरेर संसदीय छानविन सम्भव छै्रन । हाम्रो पार्टी सभापतिले सबैकुरा प्रष्ट राखिसक्नु भएको छ । सबै समस्या समाधान गर्न हामी तयार छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७