बागमतीका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै


२५ बैशाख २०८१, मंगलवार
salikram

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी परेका छन् । रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका लागि जाँदै गरेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा मंगलबार मध्याह्न समस्या देखिएको हो ।

उपचारका लागि उनलाई सिन्धुलीस्थित आत्मिय सामुदायिक अस्पतालमा लगिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि मुख्यमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो ।

‘मुख्यमन्त्री ज्यूको स्वास्थ्यमा समस्या देखिएको छ, हेलिकप्टर मगाएर काठमाडौं लैजाने तयारी भइरहेको छ,’ नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सांसद युवराज चौलागाईंले भने । मुख्यमन्त्री जम्कट्टेललाई आत्मिय सामुदायिक अस्पतालले रिफर गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७