अरूको इशारामा संसद चल्न नदिएर कांग्रेसले अस्थिरता निम्त्याउन खोज्दैछ : रवि लामिछाने

‘गठबन्धनमा संकट ल्याउन सहकारीको मुद्दा उठायो’


२५ बैशाख २०८१, मंगलवार
Rabi lamichhane
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसले राजनीतिक अस्थिरता निम्ताउन खोजेको आरोप लगाएको छ ।सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसदलाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थीरता निम्ताउन खोजेको निष्कर्ष निकालेको हो ।

बैठकपछि सह–प्रवक्ता मनीष झाले विभिन्न मुद्दा लागेका कांग्रेसका सांसदलाई चोख्याएर सदन छिराउने प्रयास गर्ने तर उजुरी नै नपरेको व्यक्तिलाई लखेटिरहने कांग्रेसको कदमले मुलुकलाई अस्थीरतातर्फ धकेल्ने बताए । उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नहुनेमा पार्टी प्रष्ट रहेपनि यस विषयमा सत्तापक्षले गर्ने सर्वदलीय निष्कर्षलाई भने स्वीकार गर्न सकिने धारणा व्यक्त गरे। बैठकमा संसदको आगामी अधिवेशनको तयारी र बजेटका विषयमा छलफल भएको उनले जानकारी दिए ।

बैठकमा पार्टी सभापति रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाकाबारे जानकारी गराउँदै कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरेको बताए । उनले देश र जनतालाई केन्द्रमा रहेर पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले त्यही अनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रीत गर्न निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७