जसपा फुटाएको आरोपबारे प्रधानमन्त्री : नेपालमा प्रचण्ड बाहेक कसलाई देख्या छन् र ?


२५ बैशाख २०८१, मंगलवार
prachanda 1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपा फुटाएको आरोपमाथि प्रतिक्रिया जनाएका छन् । आज (मंगलबार) सभामुख देवराज घिमिरेले बोलाएको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई जसपा तपाईंले फुटाएको भन्छन् नि भन्दै प्रश्न राखेका थिए ।

जवाफमा प्रधानमन्त्रीले भने, ‘नेपालमा प्रचण्ड बाहेक कसलाई देख्या छन् र ? ।’ प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी नेपाल फुटाउनमा आफ्नो भूमिका नभएको स्पष्ट पारेका छन् । संसद्को बर्खे अधिवेशन आगामी २८ वैशाखदेखि सुरु हुँदैछ । बर्खे अधिवेशन सुरु हुनुअघि नै संसदमा जारी अवरोध हटाउन सभामुख घिमिरेले शीर्ष नेताहरूसँग संवाद जारी राखेका छन् । तर आजको वैठकमा पनि सहमति भने जुट्न सकेन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७