जीवी राईलाई पक्राउ गर्ने विषय जटिल छ : गृहमन्त्री लामिछाने

‘छानबिन किन बनाउने ? बनाएर कस्तो नजिर बसाउने ?’


२५ बैशाख २०८१, मंगलवार
rabi lamichhane

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुरा भइसकेको बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले राईलाई पक्राउ गर्नेबारे आफूले मलेसियाका गृहमन्त्रीसँग छलफल गरिसकेको बताएका हुन् ।

रास्वपा सभापति समेत रहेका लामिछानेले केही कानुनी जटिलताका कारण राईलाई ल्याउन अप्ठ्यारो पर्ने भए पनि त्यसबारे समेत त्यहाँको राजनीतिक तहमा छलफल गरेको जानकारी दिए । लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका राई नेपालबाट भाग्ने वातावरण कसरी बन्यो यसबारे समेत आफूले नजिकबाट हेरिरहेको बताएका छन् । राईमाथि अनुसन्धान जारी रहेको र अहिले सबै कुरा भन्न नमिल्ने उनले बताए । गृहमन्त्री लामिछानेले आफूविरुद्धको संसदीय छानबिन समिति के का लागि भन्दै प्रश्न गरेका छन् ।

‘छानबिन समिति कस्तो बनाउने ? किन बनाउने ? बनाएर कस्तो नजिर बसाउने ? उजुरी कहीँ त परेको हुनुपर्छ नि ! कतै दर्ता नभई उजुरीको आधारमा समिति बनाउने हो भने समिति बनाउने नजिर बसाउन सबै तयार हो ?’ उनले सर्वदलीय सहमति गर्न सबै तयार हुनुपर्ने बताए । उनले पीडितहरुले बनाएको संघर्ष समितिमा पनि आफ्नो नाम नभएको उल्लेख गर्दै मिडियामा आएको भरमा समिति बनाउन नहुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७