२८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने


२५ बैशाख २०८१, मंगलवार
Samsad scaled

काठमाडौँ । बैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनलाई व्यवस्थित बनाउन सबै तयार रहेको बताएका छन् ।

उनले भने, ‘२८ गतेको बैठकमा सबै नेताहरूले बोल्नु हुन्छ । त्यहाँ बैठकलाई व्यवस्थित ढंगले संकल्पसहित अगाडि बढ्छ ।’ तर, उपप्रधान तथा गृहमन्त्रीमाथि सहकारी प्रकरणको छानबिन गर्नको लागि समिति बनाउने विषयमा अझै दलहरूबीच कुरा मिल्न सकेको छैन । कांग्रेसले आजको बैठकमा पनि उक्त अडान कायमै राखेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७