नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते


२५ बैशाख २०८१, मंगलवार
nuwakot accident.jpg

नुवाकोट । नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र वागमती प्रदेश ०२–०४४प ३६९२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा काठमाडौँ बस्ने २७ वर्षीय रुविन रावल र ललितपुर बस्ने २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको प्रहरीको भनाइ छ । उनीहरूलाई उपचारका लागि अस्पताल ल्याइएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । घाइते दुई जनालाई उपचारका लागि काठमाडौँ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७