सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै


२६ बैशाख २०८१, बुधबार
suhang

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङले आज (बुधबार) शपथ ग्रहण गर्ने भएका छन् । संसद सचिवालयका अनुसार आज बिहान ११ बजे नेम्वाङलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराउने भएका छन् ।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल शपथ ग्रहण कार्यक्रम राखिएको छ । शपथ खुवाएर घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएपछि सांसदको जिम्मेवारी पाउने छन् । गत बैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् । नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । सुहाङका बुबा एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७