पिएसजीलाई हराउँदै डोर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा


२६ बैशाख २०८१, बुधबार
uaef kjAKzel8ER

काठमाडौँ । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गए राति भएको सेमिफाइनलको दोस्रो लिगमा पिएसजीलाई १–० गोल अन्तरले पराजित गर्दै समग्रमा २–० को नतिजा सहित फाइनलमा पुगेको हो ।

डोर्टमण्डको जितमा खेलको ५०औं मिनेटमा माट्स हुमेल्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यसअघि पहिलो लिगमा पनि डोर्टमण्डले पिएसजीलाई १–० गोल ले नै पराजित गरेको थियो ।

डोर्टमण्ड तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यसअघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड त्यसपछि सन् २०१३ मा फाइनलमा पुगेर पराजित भएको थियो । अब डोर्टमण्डले फाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७