काठमाडौंमा इन्जिनियनिङ पढिरहेकी स्नेहा एक सातादेखि सम्पर्कविहीन


२६ बैशाख २०८१, बुधबार
isneha

काठमाडौं । काठमाडौंबाट एक युवती सम्पर्कविहीन भएकी छन् । इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यँग सम्पर्कविहीन भएकी हुन् ।

सिसीटिभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनी देखिएको प्रहरीले जनाएको छ । उनले कालो ट्राउजर, गुलाबी र सेतो ज्याकेट लगाएको प्रहरीको भनाइ छ । उनले पछाडि झोला बोकेकी थिइन् । उनको फोन पनि स्वीच अफ रहेको परिवारका सदस्यले जनाएको छ ।

स्वीच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो । आमा–बाबुले छोरी खोज्न आग्रह गरिरहेका छन् । फेला परेमा प्रहरीलाई खबर गरिदिन वा परिवारलाई ९८६५१९५४६६ वा ९८५५०८०४९१ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७