सामुदायिक वनभित्र नग्न अवस्थामा पुरुषको शव फेला


२६ बैशाख २०८१, बुधबार
death

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनभित्र आज अन्दाजी ३५ वर्षीय पुरुषको शव बेवारिस अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार नग्न अवस्थामा शव फेला परेको हो । ’शवको पहिचान हुन सकेको छैन,’ उनले भने, ‘शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएका छौँ ।’

शव १५/२० दिनअघिको हुनसक्ने अनुमान गरिएको छ । नगरपालिका–७ का वडा अध्यक्ष प्रतापसिंह धामीले शव पहिचानका लागि आवश्यक कुनै सबुत प्रमाण घटनास्थलमा नभेटिएको बताए । प्रहरीले उक्त बेवारिस शवबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७