अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ


२६ बैशाख २०८१, बुधबार
chaudhari

काठमाडौं । अमेरिका पढाइ दिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नपा–२ का ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो । अमेरिका पठाउने प्रलोभनमा महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टिका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४० लाख रुपैयाँ लिई फरार भएका थिए ।

प्रहरीका अनुसार उनले पीडितलाई अमेरिका लैजाने प्रलोभनमा ब्राजिलको नक्कली वर्किङ भिषा लगाई दिएका थिए । सोही भिषा प्रयोग गरी पीडितलाई फिलिपिन्स लगि बन्दक बनाएका थिए । नक्कली भिषा रहेको खुलेपछि पीडितलाई फिलिपिन्स सरकारले नेपाल फर्काइ दिएको थियो । नेपाल आएका उनीहरूलाई चौधरीसहितको गिरोहले पुनः अमेरिका लैजाने प्रलोभन दिएका थिए ।

प्रहरीका अनुसार चौधरीसहितको गिरोहले उनीहरूलाई भारतको दिल्ली लगि बन्दक बनाएका थिए । उनीहरूलाई भारतीय नागरिक प्रयोग गरि सात दिनसम्म होटल बाहिर निस्कन रोक लगाएका थिए । त्यसपछि पीडितसँग चौधरीसहितको समूहले पुनः ३९ लाख रुपैयाँ असुल गरेका थिए । त्यसपछि मुक्त भएका उनीहरू नेपाल फर्किएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७