बिर्तामोडमा घरभित्रै वृद्धा मृत फेला, कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान गर्दै


२६ बैशाख २०८१, बुधबार
death women

झापा । झापाको बिर्तामोडमा एक वृद्धा शंकास्पद रुपमा मृत फेला परेकी छन् । घटना शंकास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।

बिर्तामोड नगरपालिका–४ निवासी ६८ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान घरभित्रै मृत फेला परेकी हुन् । अहिले एसपी केसी आफै घटनास्थल पुगेका छन् । घटनास्थल सुरक्षित राखिएको जानकारी दिंदै उनले भने, ‘घटना शंकास्पद देखिएको छ, अहिले नै हत्या भएको वा नभएको भन्ने अवस्था छैन ।’

asdrghqaed

कुकुर आएपछि घटनाबारे थप जानकारी खुल्ने उनको भनाइ छ । स्थानीयका अनुसार मंगलबार राति गाउँमा चोर आएको थियो । गाउँलेले चोर आएको थाहा पाएपछि लखेटेका थिए । त्यही चोरले एक्लै बस्दै आएकी वृद्धाको हत्या गरेको हुनसक्ने आशंका स्थानीयको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७