शपथ ग्रहणपछि सुहाङको प्रतिक्रिया : संसदको अवरोध संवादबाटै हटाउनु पर्छ


२६ बैशाख २०८१, बुधबार
suhang nemwang sapatha

काठमाडौं । नेकपा एमालेका नव निर्वाचित सांसद सुहाङ नेम्बाङले संसदमा देखिएको अवरोध संवादबाटै समाधान गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । बुधबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि प्रतिक्रिया दिंदै सांसद नेम्बाङले सबै राजनीतिक दल एकजुट भएर संसदको अवरोध अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हरेक समस्याको समाधान संवादबाट हुन्छ नै । संसदमा देखिएको अवरोध पनि संवादबाटै हटाउनु पर्छ ।’ उनले इलामको समग्र समस्याहरूको समाधानका लागि आवश्यक कानुन परिमार्जन र सुशासन प्रवर्द्धनमा जोड दिने बताए । उनले इलामेली जनताको मायाबाट आफू सांसद बन्न सफल भएको भन्दै इलामको हरेक समस्यामा विशेष ध्यान दिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७