रातारातको पार्टी विभाजनविरुद्ध हामी अदालत जान्छौं : उपेन्द्र यादव

‘सरकारको समर्थन कायमै रहन्छ’


२६ बैशाख २०८१, बुधबार
upendra yadav 2

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकारको समर्थन कायमै रहने बताएका छन् ।

आज (बुधबार) पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन भए पनि समर्थन कायमै रहने बताएका हुन् । ‘अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि जसपाको समर्थन छ’, उनले भने, ‘समर्थन फिर्ता लिने कार्य गरेका छैनौँ । समर्थन कायमै रहन्छ ।’ उनले आफू अमेरिका गएको मौका छोपेर पार्टी विभाजन गरिएको बताएका छन् ।

‘म अमेरिका भएको बेला मौका छोपेर एउटा हल्ला चलाइयो । जसपा र एकीकृत समाजवादी कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला चलाइयो’, उनले भने । उनले नेताहरूसँग भेटघाट नै नभइ कपोकल्पित हल्ला चलाइएको दाबी गरे । पार्टी महाधिवेशन नजिकिँदा भएको विभाजनले फाइदा कसैलाई नहुने बताएका छन् । उनले विभाजनले कानुनी चुनौती दिने बताए । ‘त्यो असंवैधानिक छ । कानुनी चुनौती दिन्छौं’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७