शपथपछि सांसद सुहाङले भने–बुवाको मार्गदर्शनअनुसार अघि बढ्छु


२६ बैशाख २०८१, बुधबार
suhang nemwang sapatha

काठमाडौं । प्रतिनिधि सभाका नव निर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इलामका जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले सोहीअनुसार अगाडि बढ्ने उनले बताए ।

सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्वाङले यस्तो बताएका हुन् । विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवर्द्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने उनले बताए ।

दिवङ्गत बुवा सुवासचन्द्र नेम्वाङले देखाएको मार्गदर्शनअनुसार आफू अघि बढ्ने उनले बताए । इलामेली जनताको हितमा काम गर्ने उनको प्रतिबद्धता थियो । सांसद नेम्वाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रुपमा उठाउने विश्वास समेत दिलाए ।

’नेपालमा धेरै विकासका काम अघि बढेका छन् । धेरै नीति निर्माण भएका छन् । सुशासनमा कमजोरी देखिँदा नतिजा आउन सकेको छैन । एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर संविधानलाई कार्यान्वयन गर्न सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नु पर्छ । बुवा (सुवास नेम्वाङ) ले देखाउनु भएको मार्गनिर्देश अनुसार थाती रहेका जिम्मेवारी पूरा गर्नेछु’, सांसद नेम्वाङले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७