जेठ ११ गते प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुख खापुङलाई सरकारको सिफारिस


२६ बैशाख २०८१, बुधबार
Koshi Pardesh

मोरङ । कोशी प्रदेश सरकारले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरिसकेको विषयबारे प्रदेश प्रमुखलाई फेरि स्मरण गराउने भएको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले जेठ ११ गतेलाई बजेट अधिवेशन आह्वान गरेको विषय प्रदेश प्रमुखलाई पुनः स्मरण गराउने निर्णय गरेको हो ।

यसअघि नै सरकारले बजेट अधिवेशन आह्वानको सिफारिस गरेको थियो। तर, त्यसअघि नै प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीको समावेदनका आधारमा वैशाख ६ गते विशेष अधिवेशन आह्वान गरेका थिए । वैशाख ७ मा प्रदेश सभाले मुख्यमन्त्री केदार कार्कीविरूद्ध संकल्प प्रस्ताव पारित गरेको थियो ।

प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई दबाब दिइरहेका बेला सरकारले संसद अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाइ स्मरण गराएको हो । एमाले र माओवादीका नेताहरूले नयाँ सरकार बनाउन प्रदेश प्रमुखलाई दवाव दिइरहेका बेला कोशी सरकारले यो निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७