अनेक गरेर भए पनि सरकारलाई पूरै अवधि लगिन्छ : प्रधानमन्त्री


२६ बैशाख २०८१, बुधबार
prachanda 3

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसरी पनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् । बुधबार सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’ पछि सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग प्रधानमन्त्री प्रचण्डले अनेक गरेर भए पनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन् ।

‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, दुविधा नरहोस्’, उनले भने । प्रचण्डले वर्तमान सरकार बनेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा युगान्तकारी काम भएको दाबी गरे । ‘नीति कार्यक्रम र बजेटमार्फत आमनागरिकमा भरोसा स्थापित गर्ने प्रयास हुनेछ,’ उनले भने, ‘विकासको नयाँ युग सुरु हुन्छ, नीति कार्यक्रम र बजेट एक अर्काको पुरक हुनेछन् ।’

‘आर्थिक अवस्था संकटमुक्त भइसकेको छैन । तर मैले नेतृत्व लिएयता धेरै सकारात्मक परिवर्तन भएका छन् । सन्तोषजनक नभए पनि प्रगति राम्रै छ,’ उनले थपे, ‘लगानी सम्मेलनपछि विदेशी लगानी भित्रिंदै जाने र विकास बढ्दै जाने अवस्था बनेको छ । विदेशी मुलुकका उच्चस्तरको राजनीतिक भ्रमणले अत्यन्त राम्रो वातावरण बनेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७