राजनीतिकर्मीले आफै विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन : गगन थापा


२६ बैशाख २०८१, बुधबार
Gagan Thapa 2

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिकर्मीले आफै विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताएका छन् । आज (बुधबार) काठमाडौंमा चलचित्र ‘बोक्सीको घर’ हेरिसकेपछि उनले समाज आफै बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताएका हुन् ।

‘समाज आफै बदलिरहेको छ, बदलिरहन्छ, बिस्तारै हुँदै जान्छ भनेर मात्रै हुँदैन । १० वर्षमा हुन्छ भनेर छोड्यौं भने त हामी जस्तो राजनीतिक कार्यकर्ता किन चाहियो । यसको गति बढाउने काम हाम्रो हो,’ उनले भने । महामन्त्री थापाले राजनीतिक कार्यकर्ताहरुले समाज विकासको गति बढाउन आवश्यक रहेको बताए । उनले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भूमिका खेलेको बताएका छन् । उनले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताए ।

‘यति धेरै महिलाहरुले सेक्सुअल ह्यारिसमेण्ट आफ्नो जीवनमा व्यहोर्नुपरेको छ । आफ्ना नातागोताहरुबाट । यसलाई बाहिर बताउन सकेका छैनौं । नेपाली समाज धेरै बदलिएको छैन, बदल्नु पर्नेछ । यो फिल्मले आधार दिएको छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले चलचित्रलाई देशभित्र र बाहिर पनि दर्शकले उच्च साथ दिएको बताइन् । चलचित्रले समाजमा रहेको विकृति र विसंगतिको बारेमा आवाज उठाएको बताइन् । उनले चलचित्र बोक्सीको घरलाई चलचित्रमा मात्रै सीमित नगरी चलचित्रले उठाएका आवाजका बारेमा बहस हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७