शपथ लगत्तै सुहाङ सक्रिय : इलामको योजनाको सूची बोकेर पुगे अर्थमन्त्री भेट्न


२६ बैशाख २०८१, बुधबार
suhang barsama

काठमाडौं । इलाम–२ बाट नव निर्वाचित सुहाङ नेम्वाङले सांसदको शपथ लिए लगतै आफ्नो राजनीतिक गतिविधि सक्रिय बनाउन थालेका छन् । आज (बुधबार) सांसदको शपथ लिए लगतै सुहाङ अर्थमन्त्री वर्षमान पुनलाई भेट्न पुगेका छन् ।

इलाममा चुनाव जितेर काठमाडौं फर्किए लगत्तै उनी आफ्नो निर्वाचन क्षेत्रमा बजेटको ताकेतासहित अर्थमन्त्रीलाई भेट्न पुगेका हुन् । गएको दुई दिन विभिन्न मन्त्रालयमा मन्त्री, सचिवलाई भेटेर उनले आफ्ना क्षेत्रका समस्या राख्दै रकम विनियोजनका लागि आग्रह गरेका छन् । पूर्वाधार, कृषि, खानेपानी, पर्यटन, सामाजिक विकासलाई प्राथमिकता राख्दै अर्थमन्त्री समक्ष विभिन्न योजना पेश गरेको उनले बताएका छन् ।

अर्थमन्त्री पुनले सांसद नेम्वाङका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको बताए । निर्वाचन क्षेत्रको मुहार फेर्न अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्ने उनको योजना छ । ‘नयाँ बजेट लेखनमा अन्तिम चरणमा सबैतिरका समस्या एकै पटक सम्बोधन गर्न कठिन हुन्छ । अधिकतम आयोजना पार्ने, क्रमागतमा राख्नेबारे अर्थमन्त्रीसँग कुरा गरेको छु’, सुहाङले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७