कोशीमा नयाँ सरकार आह्वान गर्न एमाले–माओवादीको माग

आफ्ना सांसदहरूलाई विराटनगरमै रहन निर्देशन


२६ बैशाख २०८१, बुधबार
koshi pradesh 1

मोरङ । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्दै एमाले र माओवादी केन्द्रका नेताहरु प्रदेश प्रमुख समक्ष पुगेका छन् । मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि एमाले–माओवादी नयाँ सरकारको आह्वान गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पुगेका हुन् ।

विराटनगरस्थित होटल बिगमा बिहान आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लिलाबल्लभ अधिकारी र माओवादी नेताहरू इन्द्रबहादुर आङ्बो, जीवन आचार्य सहितको टोली आवश्यक परामर्शको लागि प्रदेश प्रमुखकोमा पुगेका थिए ।

प्रदेश प्रमुखको कार्यालयले भने पछिल्लो परिस्थितिबारे कानुनी र संवैधानिक परामर्श भइरहेको जनाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि एमाले–माओवादी नयाँ सरकार गठनमा लागेका हुन् । यता, नयाँ सरकार गठनको विषयमा अहिले नै टुंगो नभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
आफ्ना सांसदहरूलाई विराटनगरमै रहन निर्देशन
कोशी प्रदेशका दुई दलले आफ्ना सांसदहरूलाई विराटनगर नछाड्न निर्देशन दिएका छन् । नयाँ सरकार गठनका लागि आह्वान हुन सक्ने भन्दै उनीहरूले आफ्ना सांसदहरूलाई विराटनगर बाहिर भए विराटनरम आउन निर्देशन दिएका हुन् ।
नेकपा (एमाले) का प्रमुख सचेतक रेवतीरमण भण्डारीले सांसदहरूलाई विराटनगर नछाड्न र अन्यत्र भए विराटनगर आउन निर्देशन दिइएको जानकारी दिए ।

माओवादीले पनि आफ्ना सांसदहरूलाई सोही प्रकृतिको निर्देशन दिएको छ । कोशीमा एमालेका ४० र माओवादीका १३ जना सांसद छन्। एमालेका हिक्मत कार्कीलाई नयाँ मुख्यमन्त्री बनाउन एमाले र माओवादीले दबाब अघि बढाएका छन् । अहिलेका मुख्यमन्त्री केदार कार्कीले विश्वास मत नलिने र पदबाट राजीनामा पनि नदिने बरू अदालत जाने बताइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७