त्रिभुवन विमानस्थलभित्र भल पसेपछि …


२६ बैशाख २०८१, बुधबार
airport bhal
तस्वीर सौजन्य : अजय दास

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको टर्मिनलमा आज (बुधबार) लेदोसहितको भल पसेपछि यात्रु र कर्मचारीले सास्ती व्यहोर्नु परेको छ । बुधबार १ बजेतिर परेको वर्षाका कारण विमानस्थलको बोर्डिङ पास लिएर ह्याण्ड ब्याग सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थानमा भल पसेको थियो ।

विमानस्थल प्रवक्ता सुवास झाका अनुसार भल पसेको ठाउँ दुई भवन (पुरानो र नयाँ) जोडिएको स्थान हो । यहाँको १० फिटभित्रैको स्थानमा पहिले ओरालो, त्यसपछि सम्म र फेरि ओरालो स्थान छ । यही ठाउँमा जमेको पानी निस्किने ठाउँ नभएपछि यात्रु तथा कर्मचारीहरूलाई केही समय समस्या भएको उनले बताए ।

भल पसेपछि करिब ५/७ मिनेट यात्रु र कर्मचारीलाई सास्ती भए पनि उडान अवतरण तथा अन्य काममा भने असर नपरेको उनले बताएका छन् । यस स्थानमा नयाँ टर्मिनल बन्नु अगाडिकै ड्रेनेज रहेको र उक्त संरचनामा पानी थुनिएका कारण भित्र चुहिने समस्या देखिएको उनको भनाइ छ ।

विमानस्थलमा यो समस्या नयाँ होइन, यसअघि पनि यही समस्या दुई0तीन पटक भइसेको छ । ‘यस्तो पहिला पनि भएको थियो, हामीले यसको समाधान खोजी रहेको छौं’ यो गम्भीर समस्या होइन, सामान्य नै हो, अहिले पानी सबै फालिसकेका छौँ, यात्रा सहज भइसकेको छ’, प्रवक्ता झाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७