प्रधानमन्त्री दाँतको उपचार गराउन वीर अस्पतालमा


२६ बैशाख २०८१, बुधबार
prachanda teeth 2

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल पुगेका छन् । दाँतमा समस्या आएपछि उपचारका लागि उनी वीर अस्पताल गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

prachand

सचिवालयका अनुसार बुधबार विहानदेखि लगातार दाँत दुखेपछि प्रधानमन्त्री दाहाल दिउँसो वीर अस्पताल पुगेका हुन् । डा. ऋतु श्रेष्ठ नेतृत्वको टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको सचिवालयले जनाएको छ । प्रायजसो भीभीआईपी सानोतिनो समस्या देखिए पनि निजी र महँगा अस्पतालमा पुग्ने गरेको भए पनि प्रधानमन्त्री प्रचण्ड सरकारी अस्पतालमा नै पुगेर चेकजाँच तथा उपचार गराएका हुन् ।

भीभीआईपी उपचारमा नजाने भएका कारण वीर अस्पताल लगायत सरकारी अस्पतालमा रहेका भीभीआईपी उपचार कक्ष उपयोगविहीन जस्तै हुँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७