कोशीमा आजै नयाँ सरकार गठन आह्वानको तयारी

प्रदेश प्रमुख खापुङले भने–संविधान र अभ्यास हेरेर निर्णय गर्छु


२६ बैशाख २०८१, बुधबार
Parshuram Khapung

मोरङ । कोशी प्रदेशमा आज (बुधबार) नै नयाँ सरकार गठनका लागि आह्वानको तयारी भएको छ । एमाले–माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष निवेदन दिए लगत्तै उनले नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेका हुन् ।

दुई दलले ‘कोशीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइ पाउँ’ भनेर निवेदन दिएका थिए । प्रदेश प्रमुख परशुराम खापुङले संविधान र यसअघिका अभ्यास हेरेर निर्णयमा पुग्ने जवाफ दिएका छन् । एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण मंगलबार राति नै पदमुक्त भएको जिकिर गरेका छन् ।

उनीहरुले अब नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र लिएका छन् । पत्र बुझ्दै प्रदेश प्रमुख खापुङले यस विषयमा अध्ययन गरेर निर्णय गर्ने जवाफ दिए । ‘अब यो पत्रलाई आधार मानेर नेपालको संविधान, प्रचलित ऐन कानुन र अभ्यासलाई मध्यनजर गर्दै हामीले अध्ययन गर्नुपर्ने हुनाले आज यहाँहरुलाई चिया पनि नखुवाई बिदाइ दिन चाहन्छु’, उनले भने ।

lt

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७