प्रचण्ड नेतृत्वकै सरकार निरन्तर अगाडि बढ्छ : माधव नेपाल


२६ बैशाख २०८१, बुधबार
Madhav Nepal 2

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिले जस्तै निरन्तर चलिरहने दाबी गरे । उनले पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव दिन लागेको बताए । रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिकरूपमा सबल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने उनको जोड थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७