सरकारको नीति तथा कार्यक्रम ३० गते


२६ बैशाख २०८१, बुधबार
cabinet new photo

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम यही महिना ल्याउने भएको छ । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम यही ३० गते ल्याउने सरकारको तयारी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा संसदबाट बजेट सार्वजनिक गर्नुपर्छ । त्यसअघि नीति तथा कार्यक्रम ल्याउने गरिएको छ । संसदमा नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारको नीति तथा कार्यक्रम वैशाख दोस्रो हप्ता नै संकलन गरिसकेको छ । कार्यालयले आगामी आवका लागि तय भएका सबै योजना तथा कार्यक्रम सबै सम्बन्धित निकायबाट संकलन गरेको थियो । सरकारले बजेट अधिवेशन २८ गतेदेखि बोलाइसकेको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७