राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ कर्मचारी (सूचनासहित)


११ जेष्ठ २०८१, शुक्रबार
InCollage 20230412 1329034771681285492

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी माग गरेको छ । आज (शुक्रबार) सूचना प्रकाशित गरी विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो । विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो ।

दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र सुरक्षागार्ड र परिचरका लागि तोकिएको स्थानहरुमा उपस्थित भई आवेदन दिनुपर्ने छ । सहायक सूचक र सुरक्षागार्डका लागि लागि तीन सय रूपैयाँ र परिचर पदका लागि २ सय रूपैयाँ दरखास्त शुल्क बुझाउनु पर्नेछ ।
हेर्नुस् सूचना

r 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७