घरबाट फर्पिङको होस्टेल हिंडेकी संगीता एक महिनादेखि बेपत्ता, चिन्तामा परिवार


११ जेष्ठ २०८१, शुक्रबार
sangita

ललितपुर । ललितपुरको टीकाभैरव बस्दै आएकी एक किशोरी एक महिनादेखि सम्पर्कविहीन हुँदा परिवार चिन्तामा परेका छन् । कैलाली लम्कीचुहा नगरपालिका–५ घर भई हाल गोदावरी नगरपालिका–६ टीकाभैरव बस्ने १५ वर्षीया संगीता चौधरी करिब एक महिनादेखि बेपत्ता भएकी हुन् ।

लेले आनन्द वन अस्पतालमा कार्यरत रामबहादुर चौधरीकी छोरी संगीता गत वैशाख १६ गतेदेखि हराएकी हुन् । उनी फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा ६ कक्षामा पढ्थिन् । वैशाख १६ गते टीकाभैरवबाट दिदी अनितासँगै फर्पिङस्थित बाल निकेतन होस्टेल जान भनेर हिंडेकी संगीता त्यही साँझबाट हराएकी बुबा रामबहादुरले जानकारी दिए ।
दिदी अनिता बहिनीलाई होस्टेल पुर्‍याएर फर्केकी थिइन् । तर संगीता केहीबेरमै लगनखेल आएकी थिइन् । दिदी अनिताले आउनुको कारण सोध्दा पैसा हराएकाले फर्किएर आएको सुनाएकी थिइन् ।

त्यसपछि अनिताले पैसा दिएर उनलाई होस्टल फर्काएकी थिइन् । पछि साँझ ७ बजेतिर होस्टलमा फोन गर्दा संगीता नआएको जानकारी पाएको रामबहादुरले बताएका छन् । उनले गत वैशाख १७ गते सोमबार महानगरीय प्रहरी वृत्त चापागाउँ पछि जावलाखेल प्रहरी परिसरमा उजुरी दिएका थिए । श्रीमतीसहित पाँच छोरी र एक छोरा भएका रामबहदुर १० वर्षदेखि टीकाभैरवमा बस्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७